Tuesday , 17 October 2017
Home / विदेश / अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम बिस्फोटमा परि २४ को मृत्यु,तिन दर्जन बढी घाइते

अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम बिस्फोटमा परि २४ को मृत्यु,तिन दर्जन बढी घाइते

९,साउन,२०७४ / खगेन्द्र खरेल
अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम बिस्फोटमा परि २४ जनाको मृत्यु हुनका साथै तिन दर्जन बढी घाइते भएका छन् । सोमबार भएको उक्त बिस्फोटमा परि मर्नेको संख्या बढ्न सक्ने अधिकारीहरुले आशंका गरेका छन् ।

अफगानिस्तानका एक राजनीतिज्ञ मोहम्मद मोहकिकको घर नजिकै सो बिस्फोट भएको बताइएको छ । उनि अफगानिस्तान पीपुल्स इस्लामिक यूनिटी पार्टी को संस्थापक हुन् । बिस्फोट भएको क्षेत्रमा शिया हजारा समुदायको बाहुल्यता रहेको छ । करिब एक बर्ष अघि पनि सोहि क्षेत्रमा बिस्फोट हुदा दर्जनौ मानिसको मृत्यु भएको थियो । त्यस बेला भएको बिस्फोटको जिम्मेदारी आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो । एजेन्सी

Check Also

अहिले सम्मकै सबसे खतरनाक रियालिटी शो, हत्या-बलात्कार सम्मको छुट, स्वयंम जिम्मेदार हुनु पर्ने

असोज २२ / खगेन्द्र खरेल अहिले सम्म देखिएका विभिन्न रियालिटी शोहरुमा सानातिना घटना, लव, रोमान्स ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *