Sunday , 22 October 2017
Home / देश / डा.केसीद्वारा ११ औं अनसन सुरु, चिकित्सा शिक्षा ऐन मुख्य माग

डा.केसीद्वारा ११ औं अनसन सुरु, चिकित्सा शिक्षा ऐन मुख्य माग

९,साउन,२०७४ / खगेन्द्र खरेल
मेडिकल क्षेत्र सुधारका लागि प्रयासरत डा.गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पारित र त्रिवि पदाधिकारी बर्खास्त गर्नु पर्नेसहितका माग राखेर अनसन सुरु गरेका छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इएनटी बिल्डिङ, तेस्रो तला लबीमा भेला भएका सञ्चारकर्मीबीच आफ्ना माग पढेर सुनाउँदै उनले अनसन थालेका हुन्। मेडिकल माफियाविरुद्ध संघर्षरत उनको यो ११ औं अनसन हो।

सरकारले दुई दिन अगाडि डा.केसीलाई पत्र पठाउँदै माग पूरा गर्ने प्रक्रिया चलिरहेको हुँदा अनसन नबस्न आग्रह गरेको थियो। डा.केसीका माग सहितका विषयमा छलफल गर्न संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले भोलि मंगलबार ३ बजेलाई बोलाएको छ।

आज बिहान पूर्वस्वस्थ्यमन्त्री गगन थापासहित त्रिवि उपकूलपति तीर्थ खनियाँ र केसी पक्षीय चिकित्सकहरुको बैठक गरी समाधान खोज्ने प्रयास भएको थियो। द.केसीको यो ११ औं अनसनको मुख्य माग चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त रहेका छन्।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *