Sunday , 24 September 2017
Home / देश / डा. गोविन्द केसीको सुनवाई भएन, ११ औं पटकको अनसन आज सुरु गर्दै

डा. गोविन्द केसीको सुनवाई भएन, ११ औं पटकको अनसन आज सुरु गर्दै

९,साउन,२०७४ / खगेन्द्र खरेल
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी फेरि अनसन बस्दै हुनुहुन्छ । उहाले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्न लाग्नु भएको हो ।

विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा. केसीले बताउनुभयो। डा. केसीले आफ्ना मागहरु पुरा गर्न सरकारलाई असार ३१ गतेसम्मको अल्टिमेटम दिनुभएको थियो । अनसन नबस्न भएको आग्रहलाई मध्यनजर गर्दै उहाले त्यसपछि पनि केही दिन पर्खिएको, तर सरकारका प्रतिनिधिले सम्पर्क समेत नगरेको बुजिएको छ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *