Sunday , 24 September 2017
Home / विदेश / डोकलाम बिबाद:चीन र भारत बीच तनाव बढ्दो

डोकलाम बिबाद:चीन र भारत बीच तनाव बढ्दो

९,साउन,२०७४ / खगेन्द्र खरेल
चीन भारत सिक्किमको सिमा क्षेत्र डोकलाम लाइ लिएर दुइ देश बिचको तनाव बढिरहेको खबर प्राप्त भैरहेका छन् । चीनले भारत बिरुद्द कठोर हुन सक्ने संकेत दिएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

पछिल्लो पटक चीनका रक्षा मन्त्रालयका प्रबक्ता कर्नल वू कियानले डोकलाममा आफ्नो सेना बढाउने र हर हालतमा आफ्नो सिमा सुरक्षित गर्ने बताए पछि सो क्षेत्रमा तनाव हुन सक्ने आशंका गरिएको छ । उनले चीनको सम्प्रभुतालाइ भारतले कुनै संकोच नगरोस भन्दै आफ्नो पी एल ए (पीपुल्स लिबरेशन आर्मी) को क्षमता परखने कार्य नगर्न भारतलाई चेतावनी दिएका छन् ।

बिबादित क्षेत्रमा चीनले सैनिक बढाउने बताएको छ । पछिल्लो ३९ दिन देखि डोकलाममा दुइ देशका सेना आमने सामने भएका छन् । उक्त क्षेत्रमा चीनले सडक बनाउन चाहेको तर सो क्षेत्र तिन देशको सिमाना नजिक भएकाले (भारत,चीन,भुटान) भारतले सडक बनाउन नदिने बताउदै आएको छ ।

Check Also

आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत

  ५ असोज / खगेन्द्र खरेल नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *