Thursday , 19 October 2017
Home / देश / बाग्लुङमा भएको जीप दुर्घटनामा चारजनाको मृत्यु,६ जना गम्भीर घाइते

बाग्लुङमा भएको जीप दुर्घटनामा चारजनाको मृत्यु,६ जना गम्भीर घाइते

९,साउन,२०७४ / खगेन्द्र खरेल
बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते छन् । जलजलादेखि ग्वालीचौर झर्दै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिनुभयो ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयमा आग्रह गरिएको पाइजाले बताउनुभयो । बाग्लुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार तत्काल हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।

मृतक तथा घाईतेको परिचय खुल्न बाँकी छ। साँघुरा घुम्ती र हिलो सडक भएका कारण चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *