Tuesday , 17 October 2017
Home / खेलकुद / सन्दिपको घातक बलिङ्ग, लिए ७ विकेट,मलेसियामाथि नेपालको अर्को जित

सन्दिपको घातक बलिङ्ग, लिए ७ विकेट,मलेसियामाथि नेपालको अर्को जित

९,साउन,२०७४ / खगेन्द्र खरेल
आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा जारी प्रतियिगिता अन्तर्गत आजको खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले ८ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए । उनका अलावा शाहव आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।

 

Check Also

विश्व क्रिकेट लिग:नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

  असोज ३० / खगेन्द्र खरेल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *