Sunday , 22 October 2017
Home / देश / कोरियन भाषा परीक्षाको नतिजा भोलि बुधबार आउँदै, यसरी हेर्नुहोस् नतिजा?

कोरियन भाषा परीक्षाको नतिजा भोलि बुधबार आउँदै, यसरी हेर्नुहोस् नतिजा?

 

१०,साउन,२०७४ / खगेन्द्र खरेल
गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा भोलि (बुधबार ) सार्वजनिक हुने भएको छ। यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये ९ हजार ७ सय ९६ जना महिला र ६५ हजार ७ सय ८४ पुरुष थिए। यी मध्ये ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए। परिक्षामा सम्मिलीत मध्ये १० हजार २ सय जनाले कोरियामा गई काम गर्ने अवसर पाउने छन्। जसमा ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रमा जाने छन् ।

विगतका वर्षहरूमा भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्थ्यो। स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गर्थ्यो। तर यसपाली स्किल टेष्टको नियम हटेको थियो । गत वर्ष जम्मा ३ हजार ४ सय ६४ जना छनोट भएकोमा यस वर्ष कोरियाले कामदार संख्या बढाएर १० हजार २ सय जना लैजान लागेको छ। पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ। परीक्षाको समयमा कोरियाबाट ५५ जना परीक्षा सञ्चालक टोलीसमेत नेपाल आएको थियो।

कसरी हेर्ने नतिजा ?

नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको वेब साइट http://www.dofe.gov.np/new/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको बैदेशिक रोजगार विभागको बेव साइट http://www.dofe.gov.np/new/, अथवा इपिएस कोरियाको वेब साइट https://www.eps.go.kr/ मा मा हेर्न सक्नुहुनेछ।

 

 

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *