Sunday , 22 October 2017
Home / खेलकुद / यु-१९ विश्वकप : अफगानिस्तान सग नेपाल फेरी पराजित, नेपाल विश्वकपमा छनोट भएन

यु-१९ विश्वकप : अफगानिस्तान सग नेपाल फेरी पराजित, नेपाल विश्वकपमा छनोट भएन

 

१० साउन,२०७४ / खगेन्द्र खरेल
उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपाल मंगलबार आफ्नो अन्तिम खेलमा फेरी अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ । अफगानिस्तानसँगको दुबै खेल हारेको नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट हुन हुन बाट चुकेको छ।

सिंगापुरमा जारि प्रतियोगितामा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो । नेपाल ४० ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले ८१ बलमा ४८ रन बनाउनुबाहेक अरुले राम्रो खेल्न सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । अफगानिस्तानका इब्राहिम जदरानले १ सय १४ बलमा १ सय १ रन बनाएका थिए ।

प्रतियोगितामा नेपालले यसअघि भएका पाँच खेलमा चार खेल जितेको थियो । यसअघिको खेलमा पनि नेपाल अफगानिस्तानसँगै पराजित भएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतिगिताको शीर्ष स्थानमा रहेने टिम विश्वकपका लागि छनोट हुन्छ । जितसँगै अफगानिस्तान १९ वर्षमुनिको विश्वकपका लागि छनोट भएको छ ।

 

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *