Tuesday , 19 September 2017
Home / देश / संविधान संशोधन नभई यथास्थितिमा चुनावमा भाग नलिने,महन्थ ठाकुर

संविधान संशोधन नभई यथास्थितिमा चुनावमा भाग नलिने,महन्थ ठाकुर

१० साउन,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताउनु भएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना यही अबस्थामा निर्वाचनमा सहभागी नहुने बताउनु भयो ।

सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन नसकेको तथा आफूले गरेको वाचा पूरा नगर्दा समस्या सुल्झिनुभन्दा झनै बल्झँदै गएको भन्दै उहाले तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो । रासस

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *