Sunday , 22 October 2017
Home / देश / सार्क राष्ट्रको प्रजनन स्वास्थ्यमा नेपाल अग्रस्थानमा

सार्क राष्ट्रको प्रजनन स्वास्थ्यमा नेपाल अग्रस्थानमा

 

१० साउन,२०७४ / खगेन्द्र खरेल
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने सङ्ख्यामा नेपाल दक्षिण एसियालि राष्ट्रहरुको अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पुरयाएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्काे उपलब्धि हासिल गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव प्रा.डा. किरण रेग्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको सङ्ख्या ६० प्रतिशत पुगेको छ । उहाँका अनुसार यो प्रतिशत दक्षिण एसियामा अग्रस्थानको हो । मन्त्रालयले प्रजनन स्वास्थ्य सेवासित सम्बन्धित सबै सेवालाई निःशुल्क गरेको छ । यसै सेवासित सम्बन्धित आङ खस्ने, पाठेघरलगायतका सेवा पनि निःशुल्क नै हुने गरेको छ ।

हाल मातृ मृत्युदर प्रति एक लाखमा १३४ मा झरेको छ । शिशु मृत्युदर प्रति एक लाख जीवित जन्ममा २१ रहेको छ । २८ दिनसम्मको शिशुलाई नवजात शिशु भनिन्छ । मन्त्रालयले आगामी सन् २०२० सम्ममा मातृ मृत्युदर ९० र शिशु मृत्युदर शून्यमा नै झार्ने अति महत्वकांक्षी योजना कार्यान्वयन गरिराखेको छ ।
सचिव प्रा डा. रेग्मी मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन मन्त्रालयले यससम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । यसैबीच नेपालले शिशु तथा मातृ मृत्युदरमा कमी ल्याउन गरेका प्रयासका बारेमा विश्वव्यापी बहस सुरु भएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घद्वारा आयोजित सुरक्षित मातृत्वसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय बैठक सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।
बैठकमा नेपाल तथा दक्षिण एशियासहित १६ देशका प्रतिनिधि सहभागी छन् । बैठकमा सुरक्षित मातृत्वका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था ग्लोबल ह्वाइट रिबन एलाइन्स फर सेभ मदरहुडमा आबद्ध देशका प्रतिनिधिले आआफ्ना देशमा सुरक्षित मातृत्वसम्बन्धी सञ्चालित कार्यक्रमका समीक्षा गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सो बैठक उद्घाटन गर्दै नेपालको संविधानले नै गुणस्तरीय स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको उल्लेख गर्दै यसले स्वास्थ्यमा आमनागरिकको पहुँचमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गर्नु भएको थियो।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *