Monday , 23 October 2017
Home / बिज्ञान / ३२ बर्ष पछि माइक्रोसफ्ट पेन्ट बन्द हुदै

३२ बर्ष पछि माइक्रोसफ्ट पेन्ट बन्द हुदै

१०,साउन,२०७४ / खगेन्द्र खरेल
माइक्रोसफ्टले ३२ बर्ष पछि माइक्रोसॉफ्टको पुरानो पेन्ट बन्द गर्ने भएको छ । माइक्रोसफ्ट विंडोज १० (Windows 10) नयाँ अपडेट आउने भएकोले नयाँ अपडेट सगै Windows 10 मा कम्पनीले केहि परिबर्तन गर्ने भएको छ जसमा माइक्रोसफ्ट पेन्ट बन्द हुनेछ ।

माइक्रोसॉफ्ट पेन्ट सन् १९८५ मा पहिलो पटक विन्डोज १ दशमलव ० (1.0) वर्जनका साथ् आएको थियो त्यस पछि सन् १९९८ मा यसलाई अरु उपयोगी बनाइएको थियो । त्यस समय देखि यसलाई  JPEG फर्म्याटमा सेभ गर्न सकिने भएको थियो ।

कम्पनीका अनुसार माइक्रोसॉफ्ट पेन्टका साथै नयाँ अपडेट सगै यसका केहि टुल्स पनि हट्नेछन् । माइक्रोसफ्टले केहि ऐप्लिकेशन्सको लिस्ट जारी गरेको छ जसमा Windows 10 को आगामी अपडेटमा हटाइने छ । त्यस लिस्टमा Outlook Express तथा रीडर ऐप पनि समावेश छ ।

Check Also

९९ बर्ष पछि यस्तो सूर्य ग्रहण पर्सि सोमबार लाग्दैछ:कस्तो हुनेछ यसको प्रभाव

  ३ भदौ,२०७४ / खगेन्द्र खरेल २१ अगष्ट अर्थात पर्सि सोमबार यस्तो सूर्य ग्रहण लाग्दैछ ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *