Sunday , 24 September 2017
Home / देश / आज हलोक्रान्ति दिवस, २७ ब्राम्हणले २००६ सालमा सामूहिक रुपमा जोतेको दिन

आज हलोक्रान्ति दिवस, २७ ब्राम्हणले २००६ सालमा सामूहिक रुपमा जोतेको दिन

 

११ साउन,२०७४ / खगेन्द्र खरेल
आज ६८ औं हलोक्रान्ति दिवस मनाइँदै छ । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं.२००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए ।

राणा सरकारको तानाशाहीसँगै मौलाएको ब्राह्मणबाद र जातीय भेदभाव अनि हलीप्रथा अन्त्यका सन्देश दिन हलो जोतेर सामाजिक चेतनाको शुरुवात गरिएको थियो । पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले पहिलो पटक हलो जोतेका हुन् ।

२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न शुरु गरिएको थियो । यसैको सम्झनामा वर्षेनी लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ । दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलो क्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ । त्यस बेला हलो जोत्नेहरु सबैको निधन भइसकेको छ ।

(S.image news)

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *