Monday , 25 September 2017
Home / देश / माग सम्बोधन नभए आन्दोलन:अस्थायी शिक्षक

माग सम्बोधन नभए आन्दोलन:अस्थायी शिक्षक

११ साउन,२०७४ / खगेन्द्र खरेल
सहमतिअनुरूप माग सम्बोधन नभए आन्दोलन गर्ने अस्थायी शिक्षक सङ्घर्ष समितिले जनाएको छ । अर्थ मन्त्रालयले अस्थायी शिक्षकहरूका लागि आन्तरिक परीक्षा सञ्चालन गर्न र औषधि उपचार खर्च दिन नसकिने जवाफ दिएको छ । अर्थ मन्त्रालयले मङ्गलबार शिक्षा मन्त्रालयलाई यस्तो जवाफ दिएको हो ।

शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षकहरूबीच गत गत असार ९ गते सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकलाई शिक्षा ऐनले गरेको व्यवस्था अनुरूप सुविधाका अतिरिक्त औषधि उपचार खर्चको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधन गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने सम्झौता भएको थियो । सोही सम्झौताअनुरूप शिक्षा मन्त्रालयले ऐन संशोधनका लागि सहमति लिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गर्न अर्थ मन्त्रालयसँग सहमति माग गरेको तर सहमति दिन नसकिने जानकारी प्राप्त भएको बताइएको छ।

अस्थायी शिक्षक सङ्घर्ष समिति उपाध्यक्ष ज्योतिनारायण ढकाल सहमतिअनुरूप माग सम्बोधन नहुने अवस्था सिर्जना भएकाले अब आफूहरू आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *