Sunday , 24 September 2017
Home / खेलकुद / एन्फा केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

एन्फा केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

 

१२,साउन २०७४ / खगेन्द्र खरेल
थ्रीस्टार क्लवलाई क्षतिपूर्ति दिने विषयमा विवाद बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । एन्फाको बुधबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले एएफसी एशिया कपको दोस्रो चरणको खेल खेल्न नपाएबापत थ्रीस्टारलाई १ करोड ५० लाख क्षतिपूर्ति र ३ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने व्यवस्था मिलाउनुपहिले घटनाका दोषीहरुलाई कारबाहीको माग गरेका थिए ।

बैठकमा सदस्यहरु पंकजबिक्रम नेम्वाङ, वीरबहादुर खड्का, बसन्त अर्याल, रत्न श्रेष्ठ लगायतले थ्रीस्टारलाई क्षतिपूर्ति दिनुपूर्व घटनाका दोषीलाई कारबाहीको माग गरेका थिए । तर एन्फा नेतृत्व त्यसमा सहमत नभएपछि बुधबारको बैठक बिहीबारका लागि सारिएको थियो ।

बिहीबार अपराहृन बैठक हुने भनिएपनि महासचिव धिरेन्द्र प्रधानले मध्याहृन बिज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् । एन्फाका केन्द्रीय सदस्य रमेश रायमाझीले थ्रीस्टारलाई क्षतिपूर्ति दिने र दोषीमाथि कारबाही गर्ने बिषयमा कसैको दुईमत नभएको भन्दै छिट्टै बस्ने बैठकमा सबै समस्याको समाधान हुने जानकारी दिए ।

थ्रीस्टार क्लव अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बञ्चित हुनुपर्नाको घटनाबारे छानविन गर्न एन्फाले केन्द्रीय सदस्य वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो ।

 

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *