Sunday , 24 September 2017
Home / देश / झण्डै चार लाख गरिब परिवारलाई परिचय पत्र बाँड्ने सरकारको निर्णय

झण्डै चार लाख गरिब परिवारलाई परिचय पत्र बाँड्ने सरकारको निर्णय

१२,साउन २०७४ / खगेन्द्र खरेल
सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो । भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लाका गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने सरकारले जनाएको छ ।

यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिब घर परिवार पहिचान सर्वेक्षण बोर्डले गरेको अध्ययन अनुसार २५ जिल्लामा तीन लाख ९१ हजार ८ सय ३१ परिवार गरिब छन् । उक्त सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांक निकालेको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली र स्वास्थ्य सचिव किरण रेग्मी रहेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *