Sunday , 24 September 2017
Home / देश / दबाबमा नपरी काम गर्न क्षेत्र निर्धारण आयोगलाई एमालेको ध्यानाकर्षण

दबाबमा नपरी काम गर्न क्षेत्र निर्धारण आयोगलाई एमालेको ध्यानाकर्षण

१२,साउन २०७४ / खगेन्द्र खरेल
नेकपा एमालेले राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाब मुक्त रहेर काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगको ध्यानाकर्षण गरेको छ । कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले राजनीतिक दबाब र स्वार्थबाट माथि उठेर समयमै काम सम्पन्न गर्न क्षेत्र निर्धारण आयोगको ध्यानाकर्षण गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। एमालेले संविधानमा व्यवस्था भएअनुसार समयमै निर्वाचनहरु हुनेमा आशंका समेत गरेको छ ।

सरकारले साउन ५ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा पाँच सदस्यीय क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगलाई प्रतिवेदन बुझाउने समय २१ दिनको छ । आयोगले केही दिन कार्यालय व्यवस्थापनमा समय बितेको भन्दै बुधबारबाट काम थालेको औपचारिक जानकारी दिएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *