Monday , 25 September 2017
Home / देश / नेपालमै पहिलोपटक आवाज प्रत्यारोपण सेवा सुरु

नेपालमै पहिलोपटक आवाज प्रत्यारोपण सेवा सुरु

 

१२,साउन २०७४ / खगेन्द्र खरेल
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलोपटक क्यान्सरका कारण आवाज गुमाएका विरामीहरुको आवाज यन्त्र प्रत्यारोपण मार्फत उपचार सुरु गरेको छ । विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा अस्पतालका टाउको तथा घाँटी क्यान्सर रोग विशेषज्ञ डा. दिपक यादव नेतृत्वको टोलीले ‘ऊँ’ नामक यन्त्रद्वारा कृत्रिम आवाज प्रत्यारोपण सुरु गरेको हो । सो यन्त्र क्यान्सर रोग विशेषज्ञ डा. विशाल रावले निर्माण गरेका हुन् ।

अस्पतालले ट्रेयाकियोसोफेजल पन्चर (टिपिए) विधिद्वारा नेपालमै पहिलोपटक ६० र ५५ वर्षीय दुई जना पुरुषमा यन्त्र प्रत्यारोपण गरेको छ । यस यन्त्र प्रत्यारोपण पश्चात्त विरामीहरु बोल्न सक्ने अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक डा. सुदिप श्रेष्ठले बताए ।

डा. श्रेष्ठका अनुसार नेपालमा बढीमा एक सयदेखि दुई सय रुपैयाँ मूल्य पर्ने यस यन्त्र प्रत्यारोपण पश्चात कसैले पनि आवाज विहीन हुनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

के हो ऊँ यन्त्र ?

डा. विशाल रावले आविष्कार गरेको ऊँ नामक यन्त्र एउटा प्रविधि हो । संस्कृत शब्दको पहिलो अक्षर ऊँबाट नाम राखिएको यो यन्त्र जडान पश्चात यसले अन्न नलीलाई आवाज यन्त्रको रुपमा परिणत गर्छ । यो सर्वसुलभ हुनुका साथै सस्तो पनि छ । विदेशमा यस्ता यन्त्रको मूल्य ५०० डलरदेखि ५ हजार डलरसम्म पर्ने चिकित्सकहरु बताउँछन् ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *