Tuesday , 19 September 2017
Home / Uncategorized / मानव बेचबिखनको आरोपमा चार पक्राउ

मानव बेचबिखनको आरोपमा चार पक्राउ

१२,साउन २०७४ / खगेन्द्र खरेल
नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई मङ्गलबार खरानीटारबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई आज मानव बेचबिखन तथा ओसारपसार ऐनअन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Check Also

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

  ३ असोज / खगेन्द्र खरेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *