Sunday , 24 September 2017
Home / देश / रुदीखोलामा यात्रीबस खस्यो, दुईजनाको मृत्यु, एक बेपत्ता

रुदीखोलामा यात्रीबस खस्यो, दुईजनाको मृत्यु, एक बेपत्ता

१२,साउन २०७४ / खगेन्द्र खरेल
कास्की र लमजुङको सिमानामा बग्ने रुदीखोलामा बिहीबार दिउँसो एक यात्रीबहाक बस खस्दा दुईजनाको मृत्यु भएको छ भने एकजनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । मृतकको सनाखत भइसकेको छैन । खोलाले बगाएको व्यक्तिको अवस्था अज्ञात छ ।

पोखराबाट लमजुङको बालुवाबेसी आउँदै गरेको ना५ख ६३९५ नम्बरको बस रुदीखोलाको पुलबाट खसेको हो । बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । अरु २० जना सामान्य घाइते रहेका प्रहरीले जनाएको छ ।

घाइतेको पोखराको तालबेसी र लमजुङको भोर्लेटारबाट गएको प्रहरी, स्थानीय मिलेर उद्धार गरिएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *