Tuesday , 17 October 2017
Home / देश / करिब सात लाख रुपैयाँ सहित सर्लाहीका जिशिअ समेत ३ जना पक्राउ

करिब सात लाख रुपैयाँ सहित सर्लाहीका जिशिअ समेत ३ जना पक्राउ

१३,साउन २०७४ / खगेन्द्र खरेल
सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका छन् । सुवेदीको साथबाट ६ लाख ९५ हजार रुपैयाँ बरामद समेत भएको छ ।

सुवेदी ५० लाख रुपैयाँसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी चढेर चितवन आएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवन प्रहरीलाई दिएको थियो । सोही सूचनाको आधारमा गाडी रोकेर जाँच गर्दा सुवेदीको साथबाट रकम बरामद भएको थापाले बताए ।

दिउँसो साढे १२ बजेतिर प्रक्राउ परेका सुवेदीलाई चितवन प्रहरीले दिउँसो ३ बजेतिर अख्तियारको टोलीको जिम्मा लगाएको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *