Sunday , 22 October 2017
Home / देश / देउवा सरकारमा सहभागी नहुने राप्रपाको घोषणा

देउवा सरकारमा सहभागी नहुने राप्रपाको घोषणा

१३,साउन २०७४ / खगेन्द्र खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टीले अब प्रधानमन्त्री शेरबहादुर देउवामा सरकारमा सहभागी नहुने घोषणा गरेको छ । आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो ।

यसअघि राप्रपाले सरकारमा सहभागिताबारे वार्ता गर्न बनाएको समिति भंग गरेको थियो । राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्रालय मात्र दिने बताएपछि सहमति हुन सकेन । त्यहीक्रममा राप्रपाको सहभागिता विना नै बुधबार मन्त्रिपरिषद् विस्तार भएपछि राप्रपा नेतृत्व रुष्ट बनेको छ ।

बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नदेखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । राप्रपा पदाधिकारी बैठकले प्रदेश स्तरीय परिषद् (अधिवेशन) भदौभित्र गर्ने निर्णय गरेको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *