Sunday , 22 October 2017
Home / देश / नागपञ्चमी र रक्षाबन्धन आज

नागपञ्चमी र रक्षाबन्धन आज

 

१३,साउन २०७४ / खगेन्द्र खरेल
श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि यसै दिन हुँदैछ ।
वर्षाले गलेको जमिनबाट ओभानोमा आएर नागले विचरण गर्ने भएकाले पनि नाग÷सर्प जस्ता विषालु जलचरको आक्रमणबाट जोगिन यस प्रकारको होसियारी अपनाइएको हो भनिन्छ ।

शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ प्रकारका नागको विशिष्टताको वर्णन गरिएको छ ।
यिनै नागको तस्बिर घरको मूल ढोकामा टाँसेर र कपासको नाग बनाएर यो दिन दुबोे, दूध र अबिर–क्षताले नागको अर्चना गर्दै कपुरको धूपधुवार गर्ने प्रचलन छ ।
ज्योतिष डा. सुनिल सिटौलाका अनुसार जन्मकुण्डलीमा सर्पदोष भएका र काल सर्पयोग परेका व्यक्तिले यो दिन नागको अर्चना गर्दा वर्ष दिनका लागि दोष टर्छ भन्ने ज्योतिषविद्यामा वर्णन गरिएको छ ।

काठमाडौँ, भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटपारि नागढुङ्गा, धापाखेलको नागदह, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, महाराजगन्जको नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं ८ कलमसीस्थित पाँचटाउके कल्पेश्वरनागमा यो दिन भक्तजनको भीड लाग्छ । कल्पेश्वरनागछेउ यसै दिन १०८ फिट अग्लो महादेवको मूर्ति स्थापना गरिँदैछ ।
नागपञ्चमीकै दिन तागाधारीले जनै फेर्ने भए पनि नेवार समुदायमा क्वाँटी पुन्ही भनेर साउन शुक्ल पूर्णिमाको चन्द्रग्रहणअगावै क्वाँटी खाने चलन छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *