Thursday , 19 October 2017
Home / विदेश / पनामा पेपर्स केस- भ्रष्टाचार गरेको आरोपमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको कुर्सि गयो, पाक सर्बोच्च अदालतले दोषी ठहरायो

पनामा पेपर्स केस- भ्रष्टाचार गरेको आरोपमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको कुर्सि गयो, पाक सर्बोच्च अदालतले दोषी ठहरायो

१३,साउन २०७४ / खगेन्द्र खरेल
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा पेपर्स लिक्स मामिलामा दोषी ठहर गरेको छ । यससँगै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन् । उनलाई राजीनामा दिन समेत अदालतले आदेश जारी गरेको छ । कालो धन जम्मा गरेको आरोपमा शरीफ दोषी ठहर भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

सर्वोच्च अदालतका पांच जाना न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पााच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो । पाकिस्तानका प्रधानमन्त्री सहित अर्थ मन्त्रिलाइ पनि अदालतले बर्खास्त गरिदिएको छ ।

विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमरान खानले पनामा पेपर लिक्स प्रकरणमा अदालतमा मुद्दा दायर गरेका थिए । उनले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गरेका थिए ।

पाकिस्तानमा अब नवाजका भाइ प्रधानमन्त्री बन्न सक्ने बताइएको छ ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *