Sunday , 24 September 2017
Home / देश / पाँचथरमा जिप दुर्घटना हुदा १३ घाइते

पाँचथरमा जिप दुर्घटना हुदा १३ घाइते

१३,साउन २०७४ / खगेन्द्र खरेल
पाँचथर सदरमुकाम फिदिमदेखि फालेलुङ गाँउपालिकाको मेमेङ तर्फ गइरहेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिप मेची राजमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल खसेको हो ।

शुक्रवार दिउँसो दुर्घटनामा परेको मे १ ज १८९२ नम्बरको जिपमा सवार सबै घाइते छन् । उनीहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा रमिला खपांगी, उनका छोरा लक्की खपांगी, समिप गुरुङ, शिखा तामाङ, विक्रम राई, मिरा तामाङ, हेमराज खनाल, तेजबहादुर गुरुङ, बलबहादुर खत्री, भानुभक्त खनाल, दावा गुरुङ, निमा गुरुङ र बल बहादुर गुरुङ रहेका छन् ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *