Tuesday , 19 September 2017
Home / खेलकुद / श्रीलंका बिरुद्दको पहिलो टेस्टमा भारत बिजयी,कप्तान कोहलीको किर्तिमान

श्रीलंका बिरुद्दको पहिलो टेस्टमा भारत बिजयी,कप्तान कोहलीको किर्तिमान

 

१४,साउन २०७४ / खगेन्द्र खरेल
श्रीलंका बिरुद्दको पहिलो टेस्टमा भारत बिजयी भएको छ । श्रीलंकाको गालेमा सम्पन्न पहिलो टेस्टमा भारत ३ सय चार रनले बिजयी भएको हो । भारतले पहिलो पारीमा ६ सय तथा दोस्रो पारीमा दुइ सय चालिस रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो ।

जवाफमा श्रीलंकाले पहिलो पारीमा दुइ सय ९१ तथा दोस्रोमा मात्र दुइ सय ४५ रन बनाउन सक्यो । उक्त टेस्टमा भारतका तिन ब्याट्सम्यानले सतक बनाउन सफल भए । पहिलो इनिंगमा सिखर धवनले एक सय ९० तथा चेतेस्वर पुजाराले एक सय ५३ रन बनाएका थिए भने दोस्रो इनिंगमा कप्तान बिराट कोहलीले एक सय तिन रन बनाए । श्रीलंकन इनिंग कम्जोर बनाउन रबिन्द्र जडेजाको बलिङ्ग महत्व पूर्ण भयो । उनले दुवै इनिंगमा तिन तिन विकेट लिए । आश्विनले म्याचमा ४ विकेट लिए ।

भारतीय कप्तान विराट कोहलीले गालेमा श्रीलंकाविरुद्ध पहिलो टेस्टको दोस्रो इनिङमा सतकीय इनिङ खेलेपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटको तीन वटै फरम्याटमा ५० भन्दा माथिको औसतले रन बनाउने प्रभावशाली कीर्तिमान बनाएका छन्। उनको टेस्टमा रन बनाउने औसत ५० दशमलव ३ पुगेको छ। विराटले एकदिवसीयमा ५४ दशमलव ६८ को औसतले रन बनाएका छन्। यस्तै टि–२० मा उनको रन औसत ५३ को छ।

उनी अहिले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका विश्व क्रिकेटका अन्य ब्याट्सम्यानमध्ये तीन वटै फरम्याटमा ५० भन्दा माथिको औसत हुने एक्लो ब्याट्सम्यान हुन्। विराटले टेस्ट क्रिकेटमा १७ सतक बनाएका छन्। उनले टेस्ट शृंखलाको पहिलो टेस्टमै सतक बनाएको यो आठौं पल्ट हो।

उनले कप्तानको भूमिकामा सतक बनाउने पूर्व भारतीय कप्तान मोहम्मद अजहररुद्धिनको कीर्तिमानलाई पछाडि छोडेका छन्। अजहरले यसअघि टेस्ट कप्तानको भूमिकामा ९ वटा सतक बनाएका थिए। विराटले १० वटा सतक बनाएका छन्।

उनको अगाडि अब सुनिल गावस्करको ११ सतकको कीर्तिमान छ। विराटको विदेशी भूमिमा यो १० औं सतक पनि थियो।

 

 

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *