Tuesday , 17 October 2017
Home / देश / श्रमजीवी पत्रकारका समस्या समाधान गर्न पहल गर्ने सञ्चारमन्त्री बस्नेतको आश्वाशन

श्रमजीवी पत्रकारका समस्या समाधान गर्न पहल गर्ने सञ्चारमन्त्री बस्नेतको आश्वाशन

 

१५ साउन,२०७४ / खगेन्द्र खरेल
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारका समस्या समाधानमा मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै मन्त्री बस्नेतले भन्नुभयो, “दिनभर श्रम गर्ने सञ्चारकर्मीका समस्या समाधान हुनैपर्छ । श्रमजीवी पत्रकारले उचित पारिश्रमिक नपाएको भन्ने सुनेको छु । सुनुवाइ नहुने भन्ने हुँदैन ।”

सञ्चारगृहका पनि आफ्ना समस्या हुनसक्ने भन्दै उहाँले दुवै पक्षले आपसी समन्वयमा वार्ता र सहमतिबाट समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सञ्चार मन्त्रालय मुलुकका लागि धेरै जिम्मेवार मन्त्रालयका रुपमा रहेको बताउँदै मन्त्री बस्नेतले मन्त्रालयअन्तर्गत थालिने सुधार कार्यमा सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

समितिको प्रतिवेदनका सम्बन्धमा आफूले यसअघि पनि चासो राखेको प्रसंग उल्लेख गर्दै उहाँले सम्बन्धित सबै निकायसँग आवश्यक परामर्श गरी प्रतिवेदनले औल्याइयेका विषयलाई सम्बोधन गर्न नियम कानून र स्रोतसाधनले भ्याएसम्म पहल गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष पोषण केसीले सबै प्रदेशका ६० जिल्लामा श्रमजीवी पत्रकार, कर्मचारी र कामदार औपचारिक तथा अनौपचारिकरुपमा अनुगमनमा सहभागी गराई प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो । अध्यक्ष केसीले नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले तहगत वर्गीकरणअनुसार तलब पाउनसमेत समस्या भएको बताउनुभयो ।

 

 

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *