Sunday , 24 September 2017
Home / देश / संविधान कार्यान्वयन सरकारको प्रमुख दायित्त्व,प्र.म.देउवा

संविधान कार्यान्वयन सरकारको प्रमुख दायित्त्व,प्र.म.देउवा

 

१५ साउन,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनको विषयलाई सरकारको प्रमुख दाइत्व भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार साँझ विभिन्न राष्ट्रिय सञ्चार माध्यमका प्रधानसम्पादकसँग अन्तक्र्रिया गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालको अस्थिर वातावरणबाट मुलुकलाई मुक्त तुल्याउन संविधान कार्यान्वयनको अपरिहार्यता दर्शाउनु भएको हो ।

संवैधानिक व्यवस्थाअनुरूप आउँदो माघ ७ गतेभित्र बाँकी सबै निर्वाचन पूरा गरेरै छाड्ने अठोट प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ । संविधान संशोधनको प्रक्रिया अघि बढाउने, नबढाउनेबारे छलफल गरी निष्कर्षमा पुग्न आफू सकारात्मक रहेको जानकारी दिँदै संशोधन पारित भए वा नभए पनि राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल निर्वाचनमा सहभागी हुने विश्वास समेत उहाँको छ ।

प्रान्त तथा सङ्घ (केन्द्र)को निर्वाचन एकै पटक गर्नसकिने सम्बन्धमा उहाँले त्यसो गरिंदा रकम, समय र जनशक्ति समेत कम लाग्ने हुँदा सबैको सहमति जुटाउने काम भैरहेको धारणा व्यक्त गर्नुभएको छ । यसप्रति निर्वाचन आयोग सकारात्मक रहेको र निर्वाचन क्षेत्र निर्धारण आयोगका काम, कारबाही समेत अघि बढेकाले उहाँले समयमै निर्वाचन हुनेमा शङ्का नगर्न समेत आग्रह गर्नुभएको छ ।

सुशासन र भूकम्पपछिको पुनःनिर्माणका काममा तीव्रता दिइने दृढतासाथ प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाका कामलाई प्राथमिकतामा राखेर अघि बढाइने जानकारी दिँदै यसका लागि छिट्टै स्थलगत भ्रमणमा जाने धारणा समेत व्यक्त गर्नुभएको छ ।

आसन्न भारत भ्रमणबारे राखिएको जिज्ञासामा उहाँको भनाइ थियो – यसले आपसी सम्बन्ध विस्तारमा कोसेढुङ्गाको काम गर्नेछ । महाकाली, अरुण जस्ता जलविद्युत् परियोजना लगायतका विषयमा ठोस कार्य हुने समेत उहाँले विश्वास दिलाउनुभयो ।

चिकित्सा क्षेत्रमा रहेका कमी, कमजोरीविरुद्ध ११ औंँपटक आमरण अनशनमा बस्नुभएका प्राडा गोविन्द केसीको मागका सम्बन्धमा उहाँले वार्ता भइरहेको र यो समस्या चाँडै सल्टिने विश्वास दिलाउनुभयो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *