Monday , 25 September 2017
Home / देश / डा. केसीको माग सम्बोधन गर्न आज बृहत् छलफल

डा. केसीको माग सम्बोधन गर्न आज बृहत् छलफल

१७ साउन,२०७४ / खगेन्द्र खरेल
आठ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको माग सम्बोधन गर्न सोमबार भएको वार्ता पनि कुनै निचोडमा पुग्न सकेन । यद्यपि डा. केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकमाथि मङ्गलबार बृहत् रूपमा छलफल गरिने सरकारी वार्ताटोली संयोजक एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

डा. गोविन्द केसीको तर्फका वार्ताटोलीका सदस्य डा. अभिसेक सिंहले केही विषयमा सहमति नजिक पुगे पनि मुख्य मागमा भने कुनै सहमति हुन नसकेको जानकारी दिनुभयो ।

सचिव श्रेष्ठले दिनुभएको जानकारी अनुसार मङ्गलबार हुने बृहत् छलफलमा व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति अध्यक्ष रञ्जु झा, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, माथेमा कार्यदलका सम्पूर्ण सदस्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन, सरकारी र डा. केसी पक्षका वार्ता टोलीलगायत सहभागी हुनेछन् ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *