Tuesday , 19 September 2017
Home / देश / डा.केसीको मागमा समर्थन जनाउँदै टिचिङ अस्पतालमा ओपिडी सेवा बहिस्कार

डा.केसीको मागमा समर्थन जनाउँदै टिचिङ अस्पतालमा ओपिडी सेवा बहिस्कार

१८ साउन,२०७४ / खगेन्द्र खरेल
चिकित्सा क्षेत्र सुधारको माग गर्दै १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पताल(टिचिङ) महाराजगन्जका आवासीय चिकित्सकहरुले आजदेखि ओपिडी सेवा बहिस्कार गरेका छन् ।

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको आह्वानमा आवासीय चिकित्सकहरुले आज ओपिडी सेवा बहिस्कार गरेका हुन् । आवासीय चिकित्सकहरुले पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा समेत सरिक नहुने घोषणा गरेका छन् । एसोसिएसनले डा. केसीका माग तत्काल पूरा गर्न माग गरेको छ ।

शिक्षण अस्पतालमा हाल ३ सय ५० जना आवासीय चिकित्सक छन् । उनीहरुले काम ठप्प पारेपछि बिरामीको उपचारसमेत प्रभावित भएको छ । यसैबीच १० दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको स्वास्थ्यअवस्थासमेत कमजोर बन्दै गएको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *