Monday , 25 September 2017
Home / देश / धनकुटा,इलाम र हेटौंडा देशकै सफा शहर घोषित

धनकुटा,इलाम र हेटौंडा देशकै सफा शहर घोषित

१८ साउन,२०७४ / खगेन्द्र खरेल
सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले १० लाख, इलामले सात लाख र हेटौँडाले चार लाख नगद प्राप्त गरेका छन् ।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रूपमा पुरस्कृत गरेको हो ।

सरसफाइमा अरु नगरपालिकाको तुलनामा इलामले छुट्टै पहिचान बनाएको छ । इलाम नगरपालिका २०६९ सालमा ५८ वटा नगरपालिकामध्ये दोस्रो सफा शहर र २०७२ सालमा २१७ वटा नगरपालिकामध्ये तेस्रो सफा शहरका रूपमा पुरस्कृत भएको थियो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *