Sunday , 22 October 2017
Home / देश / सत्तारुढ दलले नै राजपालाई चुनावमा ल्याउन नचाहेको कमल थापाको आरोप

सत्तारुढ दलले नै राजपालाई चुनावमा ल्याउन नचाहेको कमल थापाको आरोप

१८ साउन,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ कांग्रेस माओवादी नै संविधान संशोधनको विधेयक निर्णार्थाक प्रस्तुत गर्न नचाहेको बताउनु भएको छ । सत्तारुढ दलकै सांसदहरु नै वेपत्ता हुने र विधेयक पारित नहुने अवस्था रहेको कारणले गर्दा कांग्रेस र माओवादीले अलमल गरिरहेको उहाको आरोप छ ।

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले संशोधनको पक्षमा उभिने पार्टीको अडान यथावत रहेको बताउनुभयो । कांग्रेसले नै राजपा निर्वाचनमा नआओस र त्यसको फाइदा लिन सकोस भन्ने चाहेको उहाको आरोप थियो ।

राजपाले निर्वाचनमा सहभागिताका लागि संशोधनलाई प्रतिष्ठाको विषय बनाए पनि संशोधन विधेयक पारित हुदा समेत मधेसको मुलभूत मागहरु सम्बोधन नुहने उहाको भनाइ थियो।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *