Sunday , 22 October 2017
Home / देश / आगामी चुनाव कांग्रेसका लागि जीवन मरणको सवाल:प्रधानमन्त्री देउवा

आगामी चुनाव कांग्रेसका लागि जीवन मरणको सवाल:प्रधानमन्त्री देउवा

१९ साउन,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी चुनाव कांग्रेसका लागि जीवन मरणको सवाल भएको बताउनु भएको छ । दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आन्तरिक गडबडीका कारण कांग्रेस हारेको भन्दै अब गडबडी सुधारेर पहिलो पार्टी बन्नुपर्ने बताउनु भयो।

सो अबसरमा देउवाले मधेस केन्द्रित दलको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधन गर्ने बताउनु भयो । उहाले फास्ट्रयाक, हुलाकी सडक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाडै भारतसँग कुरा गरेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एमालेले कथित पहाडी राष्ट्रवादको नाममा पहाडी र मधेसीको बिचमा झगडा गराएर देशलाई विभाजन गर्न खोजेको समेत उहाँले आरोप लगाउदै नेकपा एमालेबाट सतर्क हुनुपर्ने बताउनुभयो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *