Tuesday , 17 October 2017
Home / देश / क्षेत्र निर्धारण आयोग असफल भए संविधान कार्यान्वयन प्रभावित हुनसक्ने : प्रमुख आयुक्त यादव
Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica

क्षेत्र निर्धारण आयोग असफल भए संविधान कार्यान्वयन प्रभावित हुनसक्ने : प्रमुख आयुक्त यादव

१९ साउन,२०७४ / खगेन्द्र खरेल
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधि प्रसाद यादवले निर्धारित समय भित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिनु भएको छ । लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताउनुभयो ।

उहाले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर क्षेत्र निर्धारण गर्न सुझाव दिनुभयो । सबैलाई समेटेर सहमतिबाटै क्षेत्र निर्धारण गरिए निर्वाचन गराउनसमेत सहज हुने उहाको भनाइ थियो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले सानातिना विषयमा नअल्झिएर चुनावमा केन्द्रीत हुन पनि दलहरुलाई आग्रह गर्नुभयो । उहाले सरकार र दलहरुले गल्ती गरेमा निर्वाचन क्षेत्र निर्धारण आयोग असफल हुने र त्यसले संविधान कार्यान्वयनको कोर्षसमेत प्रभावित हुनसक्ने चेतावनी दिनुभयो । अर्को एक प्रसंगमा उहाले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *