Monday , 25 September 2017
Home / देश / माओवादी केन्द्रमा प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्मालाई

माओवादी केन्द्रमा प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्मालाई

१९ साउन,२०७४ / खगेन्द्र खरेल
नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्माले पाउनु भएको छ । संसदीय वोर्डको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बनेपछि शर्मालाई सो जिम्मेवारी दिइएको हो । यसअघि शर्माले सचेतकको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्नु अघि शर्मा सचेतक हुनुहुन्थ्यो।

सामान्य प्रशासन मन्त्री हुँदा राम्रो काम गरेर चर्चामा आएकी शर्मालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि पठाउनुपर्ने दबाव पार्टीभित्र थियो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *