Tuesday , 17 October 2017
Home / खेलकुद / लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिको मड्रिडले जित्यो अउडी कपको उपाधि

लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिको मड्रिडले जित्यो अउडी कपको उपाधि

१९ साउन,२०७४ / खगेन्द्र खरेल
प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि जितेको हो ।

खेलमा एथ्लेटिकोका केईदी बारेले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए। तर अन्तिम १० मिनट बाँकी रहदा लिभरपुलका फर्मिनोले पेनाल्टी मार्फत एक गोल फर्काएपछि निर्धारित ९० मिनेटभित्र १-१ गोलको बराबरी भयो ।

यसपछि टाई ब्रेकरमा लिभरपुललाई ५÷४ ले हराउँदै एथ्लेटिको मड्रिडले उपाधि जितेको हो । प्रि सिजनमा खेलिएका मैत्रिपूर्ण खेलहरुमा लिभरपुलको यो पहिलो हार हो ।

Check Also

विश्व क्रिकेट लिग:नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

  असोज ३० / खगेन्द्र खरेल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *