Monday , 25 September 2017
Home / खेलकुद / ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने खेलकुद मन्त्री केसीको दाबी

७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने खेलकुद मन्त्री केसीको दाबी

१९ साउन,२०७४ / खगेन्द्र खरेल
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने दाबी गर्नु भएको छ । साथै उहाले खेलकुदमा भइरहेको राजनीतिकरण रोक्ने समेत बताउनु भयो।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने बताउनु भएको हो।

उहाका अनुसार नेपालगञ्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको छ । काठमाडौंमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला मर्मत सम्भार भइरहेको छ ।

खेलकुदमन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाउदै खेलकुद क्षेत्रमा कुनैपनि हालतमा राजनीति हुन नहुने धारणा राख्नुभयो।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *