Sunday , 24 September 2017
Home / देश / आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको लेखा समितिको ठहर, कारबाही सिफारिस

आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको लेखा समितिको ठहर, कारबाही सिफारिस

२० साउन,२०७४ / खगेन्द्र खरेल
संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

सभापति डोरप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको, लेखा समितिले सार्वजनिक जग्गा खरिद गर्न भन्दा भन्दै निजी जग्गा किनेको र चलन चल्ती भन्दा कयौं गुणा महँगो जग्गा किनेको ठहर गरेको हो। आयल निमगका अधिकारीहरुले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको निष्कर्ष बैठकले निकालेको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा खरिदमा करौडौं भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। आयल निगमले ७ प्रदेशमा तेल भण्डारणका लागि किनेको जग्गा खरिद प्रक्रियाको अध्ययन गर्दा झापा, चितवन र भैरहवामा सार्वजनिक जग्गा खरिद ऐन कार्यान्वयन नगरिएको, जग्गा खरिद गर्दा जग्गा प्राप्ति ऐन २०३४ लाई मिचेको लेखा समितिको ठहर छ ।

 

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *