Monday , 25 September 2017
Home / Uncategorized / डाक्टरले गरे चमत्कार,चुडिएको हातलाई खुट्टामा जोडेर पछि पुन:हातमा सफलतापुर्वक जोडियो

डाक्टरले गरे चमत्कार,चुडिएको हातलाई खुट्टामा जोडेर पछि पुन:हातमा सफलतापुर्वक जोडियो

२० साउन,२०७४ / खगेन्द्र खरेल
सुन्दा अपत्यारिलो लाग्न सक्छ मान्छेको चुडिएको हातलाई खुट्टामा जोडेर पछि पुन:हातमा सफलतापुर्वक जोडिएको खबर सुन्दा तर यो सम्भव भएको छ । फैक्ट्रीमा काम गर्दा गर्दै मजदुरको हात काटिएर चुडिएको थियो चुडिएको हातलाई तत्काल जोड्न सम्भव नभएपछि डाक्टरहरुले उक्त हातलाई खुट्टाको पिडुलामा सर्जरी गरेर जोडिदिए ।

डाक्टरहरुका अनुसार यसरी छिनेको हातलाई खुट्टामा जोडेर राखेपछि रक्त संचार लगातार भैरहन्छ जसले गर्दा कोसिकाहरू जिवितै रहन्छ । कोसीका जिवितै नरहने हो भने काटिएको हातलाई जिबन्तता दिन सकिदैन ।

खुट्टामा जोडेको एक महिना पछि त्याहा बाट झिकेर पुन:हातमा सफलतापुर्वक डाक्टरहरुले जोडिदिएका थिए । यो घटना चीनको हुनान प्रान्तमा घटेको थियो । औषधि विज्ञानमा दिनहु यस्ता प्रगतिका खबरहरु सुन्न थालिएको छ ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *