Tuesday , 19 September 2017
Home / देश / बाग्लुङका विभिन्न स्थानमा पहिरोमा पुरिएर चारजनाको मृत्यु, एक बेपत्ता

बाग्लुङका विभिन्न स्थानमा पहिरोमा पुरिएर चारजनाको मृत्यु, एक बेपत्ता

२० साउन,२०७४ / खगेन्द्र खरेल
बाग्लुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी शुक्रबार चारजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन् ।

निसीखोला गाउँपालिकाको देवीस्थानस्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पहिरोले पुर्दा तीनजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । मृत्यु हुनेमा ६७ वर्षीय मनिराज छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली र २२ वर्षीया बुहारी विन्दु छन्त्याल छन् । मनिराजकी छोरी गीता भने पहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यसैगरी, ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५४ वर्षीय ओमप्रकाश बिकको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले बिकसहित पाँचजनालाई पुरेको थियो । बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरेको स्थानीयले बताएका छन् ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *