Tuesday , 17 October 2017
Home / Uncategorized / भरतपुर १९ मा निर्वाचन शान्तिपूर्ण,७५.५८ प्रतिशत मतदान

भरतपुर १९ मा निर्वाचन शान्तिपूर्ण,७५.५८ प्रतिशत मतदान

२० साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ साथै ७५.५८ प्रतिशत मतदान भएको छ । तीनवटा मतदानस्थलका ६ वटा केन्द्रमा गरी २ हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो।

किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८ मतदाता मध्ये ९५३ मत खसेको छ । जीवनज्योति स्कूल गुञ्जानगरमा १ हजार ३ सय ६ मतदाता मध्ये १०१४ मत र शारदानगर माविमा एक हजार २ सय ४३ मध्ये ९०३ मत खसेको छ । यो वडामा कुल ३ हजार ७ सय ९७ मतदाता छन् । यसअघि बैशाख ३१ गते भएको निर्वाचनमा वडा नम्बर १९ मा २ हजार ८ सय ६० मत खसेको थियो ।

पहिलो चरणको निर्वाचनमा भरतपुरको १९ को मतगणना भइरहँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि सर्वोच्चको आदेश अनुसार आज पुनः निर्वाचन भएको हो । मतगणना आजै गर्ने तयारी हुदैछ ।

Check Also

एमाले, माओवादी र नयाँशक्तिको पत्रकार सम्मेलन:यस्तो छ एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

असोज १७ / खगेन्द्र खरेल एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *