Sunday , 24 September 2017
Home / देश / डा.केसीको समर्थनमा पूर्व प्रधान न्यायाधीस सुशीला कार्की

डा.केसीको समर्थनमा पूर्व प्रधान न्यायाधीस सुशीला कार्की

२१ साउन,२०७४ / खगेन्द्र खरेल
पूर्व प्रधान न्यायाधीस सुशीला कार्कीले डाक्टर गोविन्द केसीले उठाएकोे माग विधिसम्मत भएको बताएकी छिन् । डाक्टर केसीको समर्थनमा आयोजित र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै उनले यो लडाई विकृति विरुद्धको पनि भएकाले आम जनताको पक्षमा रहेको बताइन्।

उनले डाक्टर केसी १३ दिन देखि भोकभोकै विकृति विरुद्ध लडेको भन्दै आफू सधैँ केसीको पक्षमा हुने बताइन् । साथै उनले आम नागरिकलाई यो विकृति विरुद्धको लडाईमा साथ दिन आह्वान पनि गरिन्। यसअघि उनले माइतघरदेखि बानेश्वरसम्मको र्‍यालीको नेतृत्व समेत गरेकी थिइन् ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *