Tuesday , 19 September 2017
Home / देश / देउवाको आसन्न भारत भ्रमणमा लिपुलेक सम्झौता खारेज गराउन मोदीसँग सम्वाद गर्न आग्रह

देउवाको आसन्न भारत भ्रमणमा लिपुलेक सम्झौता खारेज गराउन मोदीसँग सम्वाद गर्न आग्रह

 

२१ साउन,२०७४ / खगेन्द्र खरेल
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको राजनीतिक दल,सरोकारवाला र बिज्ञहरु सम्मिलित प्रतिनिधिमण्डलले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी भारत र चीनले गरेको सम्झौता खारेज गराउने गरी पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार आग्रह गरेका छन्।

आसन्न भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष चीनसँग भारतले गरेको लिपुलेक सम्बन्धी सम्झौता खारेजीका लागि छलफल गर्न प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवा समक्ष बिशेष आग्रह गरेको हो । प्रधानमन्त्री देउवा भदौमा भारत जाने तयारी छ ।

प्रधानमन्त्री देउवाले माथिल्लो कर्णाली आयोजना सम्झौताबारे पुनर्विचार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आयोजना खारेजीको माग राख्दै बालुवाटारस्थित आफ्नै निवासमा शनिवार ज्ञापनपत्र बुझाउन पुगेका राजनीतिक दल, विज्ञ, सरोकारवालाहरु समक्ष प्रधानमन्त्री देउवाले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उनीहरुले आयोजना खारेज गरेर सरकार आफैंले बनाउनुपर्ने लगायत आठ बुँदे माग राखेका थिए ।

ज्ञापनपत्र बुझाउँदै नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष बैद्यले माथिल्लो कर्णाली परियोजना सम्झौता राष्ट्रघाती भएको भन्दै तुरुन्त खारेज गरेर नेपालको हितमा निर्माण गर्ने वातारवरण बनाउन माग गर्नुभयो । आयोजनाले राष्ट्रिय स्वाधीनता र जनजीविकामा प्रतिगामी भूमिका निर्वाह गर्ने भएकोले अहिले सम्झौता खारेज गर्नेे उपयुक्त समय आएको बैद्यले बताउनुभयो।

जनमोर्चाका अध्यक्ष केसीले भारतीय कम्पनीले माथिल्लो कर्णाली परियोजना सम्झौतामा नियतबस राष्ट्रघाती बुँदा राखेरर देशलाई क्षति पुर्याउने काम गरेको भन्दै परियोजना तत्काल खारेज गरी परियोजनालाई जलाशययुक्त विधिबाट बनाउन प्रधानमन्त्री देउवासँग माग गर्नुभयो । आयोजनाको नाममा नदी ओगट्ने भारतीय शासकको दाउ रहेको भन्दै खारेजीको विकल्प नरहेको केसीले बताउनुभयो।

ज्ञापनपत्र बुझिसकेपछि उठेका सवालहरुको जवाफ दिँदै माथिल्लो कर्णाली परियोजना सम्झौताप्रति जनस्तरबाटै विरोध भइरहेकोबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै परियोजनालाई नेपालको हितमा हुने गरी सम्झौतामाथि पुनर्विविचार गर्न सकिने प्रधानमन्त्री देउवाले बताउनुभयो।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *