Sunday , 24 September 2017
Home / देश / भरतपुरमा देवी भन्दा रेणु २७१ मतले मात्र पछाडी

भरतपुरमा देवी भन्दा रेणु २७१ मतले मात्र पछाडी

२१ साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिका वडा नं–१९ को मत गणना अन्तिम चरणमा पुगेको छ । दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५ सय ३ मत ल्याएकी छिन् । रेणुले निरन्तर मतान्तर घटाउँदै लगेकी छिन् । अहिले उनी ज्ञवाली भन्दा २७१ मतले पछाडी छिन् ।

शुक्रबार पुनः मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । वडा नम्बर १९ मा कुल ३ हजार ७ सय ९७ मत रहेकोमा २८७० अर्थात ७५ दशमलव ५८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यसअघि यस वडामा २ हजार ८ सय ९७ मत खसेको थियो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *