Sunday , 22 October 2017
Home / देश / भरतपुर मतगणना अपडेटः एमाले उम्मेदवार देवी ज्ञवालीलाई ५१२ मतको अग्रता

भरतपुर मतगणना अपडेटः एमाले उम्मेदवार देवी ज्ञवालीलाई ५१२ मतको अग्रता

२१ साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेकी छन् ।

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ । १९ न.वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । सो वडामा हालसम्म दाहालले ज्ञवालीभन्दा २७२ मत बढी प्राप्त गरेकी छन् । समग्र परिणाममा भने प्रमुख पदमा ज्ञवाली ५१२ मतले अगाडि छन् ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *