Monday , 25 September 2017
Home / देश / भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ,उपमेयरमा कांग्रेसकी पार्वती साह विजयी

भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ,उपमेयरमा कांग्रेसकी पार्वती साह विजयी

२१ साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन्। कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०३ मतले हराउँदै महानगरपालिकाको पहिलो महिला मेयर भएकी हुन्।

माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जित हात पार्दा एमालेकी दिब्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् । मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *