Sunday , 24 September 2017
Home / देश / भरतपुर १९ को गणना सकियो, देवीलाई २२१ मतको अग्रता,वाडमा कांग्रेसको प्यानल नै बिजयी

भरतपुर १९ को गणना सकियो, देवीलाई २२१ मतको अग्रता,वाडमा कांग्रेसको प्यानल नै बिजयी

२१ साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सकिएको छ । १९ को गणना सकिँदा समग्रमा एमाले प्रमुखका उम्मेदवारकै अग्रता कायम छ ।

पछिल्लो मत परिणाममा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ९४६ मतका साथ अग्रता यथावत राखेका छन् भने उनलाई नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ४१ हजार ७ सय २५ मतका साथ पछ्याइरहेकी छन् । अब देवी र रेणुबीचको मतान्तर २२१ छ ।

१९ न.वाडमा कांग्रेसको प्यानल नै बिजयी भएको छ । अब भरतपुर–२० को मात्रै गणना हुन बाँकी छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *