Tuesday , 19 September 2017
Home / देश / फुटेरै छोड्यो राप्रपा,पशुपति शम्शेर राणाद्वारा नयाँ दल दर्ता

फुटेरै छोड्यो राप्रपा,पशुपति शम्शेर राणाद्वारा नयाँ दल दर्ता

२२ साउन,२०७४ / खगेन्द्र खरेल
लामो बिबाद पछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तत फुटेको छ । अध्यक्ष कमल थापासँग असन्तुष्ट नेता पशुपतिशम्शेर राणाले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ पार्टी नामको नयाँ दलको नेतृत्व राणाले गर्ने भएका छन्। यसैबीच राणाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएका छन्। गत ६ मंसिरमा तत्कालीन राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो ।

राणा नेतृत्वको नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे छन्। निर्वाचित तिन सहित २२ संसद नया दलमा रहने एक नेताले बताएका छन् । २२ सांसद् र ७२ केन्द्रीय सदस्य सहित ४० प्रतिशत लिएर बाहिरिएका पशुपतिशम्शेर राणाले नयाँ पार्टी गठन गरेका हुन् ।

पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासँग फरक मत राख्दै आएका राणाले अन्ततः पार्टी नै फुटाएका हुन्। अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *