Tuesday , 19 September 2017
Home / देश / भरतपुर माहानगरका मेयर र उपमेयरले सपथ लिए, एमालेद्वारा बहिष्कार

भरतपुर माहानगरका मेयर र उपमेयरले सपथ लिए, एमालेद्वारा बहिष्कार

२२ साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखले आइतबार सपथ लिएका छन् । मूख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेबाट उनीहरुले सपथ ग्रहण गरेका हुन् । कांग्रेस र माओवादीबाट निर्वाचन वडाध्यक्ष तथा सदस्यहरुले पनि सपथ ग्रहण गरेका छन् ।

तर भरतपुरमा बहुमत वडा जितेको नेकपा एमालेले भने आजको सपथ ग्रहण समारोह नै बहिष्कार गरेको छ । मतपत्र च्यात्नेहरुसँगै बसेर सपथ नलिने उद्घोष गर्दै एमालेबाट निर्वाचित प्रतिनिधिहरुले सपथ बहिष्कार गरेका हुन् । उनीहरुले भोलि न्यायाधीशबाट छुट्टै सपथ लिने बताएका छन् ।

सपथ ग्रहण अघि नेपाली कांग्रेस र माओवादी गठबन्धनले आइतबार विजय जुलुस निकालेका थिए । चौबिसकोठी चोकबाट सुरु भएको जुलुस पुल्चोकमा पुगि समापन भएको थियो ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *