Monday , 25 September 2017
Home / खेलकुद / श्रीलंका विरुद्धको टेस्ट शृंखला भारतद्वारा कब्जा,लगातार आठौ सिरिजमा जित

श्रीलंका विरुद्धको टेस्ट शृंखला भारतद्वारा कब्जा,लगातार आठौ सिरिजमा जित

 

२२ साउन,२०७४ / खगेन्द्र खरेल
श्रीलंका विरुद्धको दोस्रो टेष्ट म्याच जित्दै भारतले तीन टेष्ट श्रृंखलामा २–० ले कब्जा जमाएको छ । यो जित सगै कोहलीको कप्तानीमा भारतले लगातार आठौ सिरिजमा जित निकालेको छ ।

श्रीलंकाको कोलम्बोमा भएको दोस्रो टेष्ट क्रिकेटको चौथो दिन आइतबार पाहुना टोली भारत एक ईनिङ र ५३ रनको विशाल अन्तरले विजयी भएको हो । खेलको पहिलो ईनिङमै ४ सय ३९ रनले पछि परेको श्रीलंकाले दोस्रो ईनिङमा ३ सय ८६ रन बनाएपछि घरेलु टोली एक ईनिङ र ५३ रनले पराजित भएको हो ।

श्रीलंकालाइ पराजित गर्न भारतका रविन्द्र जडेजाले दोस्रो ईनिङमा ५ विकेट लिए । उनले पहिलो ईनीङमा २ विकेटलिएका थिए । यसअघि पहिलो ईनिङमा भारतले ९ विकेटको क्षतिमा ६ सय २२ रन बनाँउदै ईनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका लागि चेतेश्वर पुजाराले १ सय ३३ रन तथा अजिन्क्या रहानेले १ सय ३२ रन जोडेका थिए ।

श्रीलंकाका दिमुथ करूणारत्नेले आफ्नो टोलीलाई ईनिङको हार बाट जोगाउन सक्दो कोशिस गरे तर हार टार्न सकेनन । उनले एक सय ४१ रन बनाए ।
भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट म्याच यही बिहीबारदेखि पाल्लीकेलेमा हुनेछ । यसअघि गालेमा भएको पहिलो टेष्टमा पनि भारत ३ सय ४ रनले विजयी भएको थियो ।

 

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *