Sunday , 22 October 2017
Home / देश / सरकारी उदासिनताले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

सरकारी उदासिनताले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

२२ साउन,२०७४ / खगेन्द्र खरेल
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १४ दिनदेखि अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । केसीको स्वास्थ्य अवस्था बिग्रँदै गए पनि सरकारी वार्ता टोलीसँगको लगातारको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच शनिबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । सरकारी वार्ता टोलीले अनसन तोड्न आग्रह गरे पनि केसीले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान राखेका छन् । डा.के सी.का समर्थकले सरकार उदासिन भएको आरोप लगाइरहेका छन् ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *